`

नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता

Nepal One HD २६ साउन २०८२ १२:३३
माओवादी केन्द्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबिच भेटवार्ता भएको छ।

श्रेष्ठ र यादवबिच आज बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको हाे ।

उक्त भेटवार्तामा अहिलेको देशको राजनीतिक परिस्थितिबारे छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

‘संघर्षशील शक्तिहरुले यथास्थितिमा आफूलाई नराखेर देशको अहिलेको परिस्थितिलाई सम्बोधन गर्न र सकारात्मक निकास दिन नयाँ पहलकदमी लिनुपर्ने आवश्यकताका बारेमा नयाँ सिराबाट अगाडि बढ्ने बारेमा छलफल भयो,’ श्रेष्ठको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *