`

टप एन्ड टी-२० सिरिज: नेपालको लगातार दोस्रो जित

Nepal One HD ४ भदौ २०८२ १५:२०
खेलकुद

काठमाडौँ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको छ ।

नेपालले दिएको लक्ष्य पछ्याएको मेलबर्न २० ओभरमा १०६ रन खेल्दै अलआउट भयो । यससँगै नेपालले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

यो जितसँगै नेपालले ५ खेलबाट ४ अंक बनाएको छ। नेपालले यसअघिको खेलमा हाबार्ट हेरिकेन्सलाई ६६ रनले हराएको थियो ।

मेलबर्नका अर्जुन नायरले सर्वाधिक २६ रन जोडे। २२ बल खेलेका उनले २ चौका र १ छक्का हाने। जय लेमिरे १८ र ह्यारी डिक्सनले १६ रन मात्रै बनाउन सके ।

नेपालका लागि सोमपाल कामी चम्किए । उनले सर्वाधिक ५ विकेट झारे। ४ ओभर बलिङ गरेका उनले १७ रन दिएर मेलबर्नलाई दबाबमा राखे। कुशल भुर्तेलले २ विकेट लिए । शहाब आलम र रुपेश सिंहले १र१ विकेट लिए ।

यसअघि डार्विनको पार्मर्स्टस्थित काजालिस एरेनामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक ३९ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिए। उनले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाए ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाउँदा लोकेश बमले १६ बलमा २४ रन जोडे । भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२-१२ रन बनाए ।

बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई-दुई विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *