एनपीएल दोस्रो संस्करण १७ नोभेम्बरदेखि हुने, २७ दिनसम्म चल्ने

खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिति घोषणा गरिएको छ । क्यानले एनपिएल मंसिर १ देखि २७ सम्म काठमाडौंमा गर्ने घोषणा गरेको हो। यो सिजनको एनपिएल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।
त्यसका लागि सरकारले प्यारापिट र फ्लाड लाइट जडान गरिरहेको छ। सो काम एनपिएलअघि सकिने विश्वास छ।
यो सिजन पनि आठ टोलीले एनपिएलमा भाग लिनेछन्। त्यसका लागि टोलीहरुले ११-११ जना नेपाली खेलाडी भित्र्याइसकेका छन्। अब विदेशी खेलाडी भित्र्याउने प्रक्रिया अघि बढाइनेछ।
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट