`

केपी ओलीको घर मिच्या होईन् हाम्रो भुमि मिचेको हो: योगेश भट्टराई

Nepal One HD ५ भदौ २०८२ १८:२२
राजनीति

काठमाडौँ । नेकपा एमालेका सचिव समेत रहेका सांसद योगेश भट्टराईले नेपालको भुमिको संरक्षणका लागि सबै एक हुनु पर्ने बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले भारत र चीनले लिपुलेक भएर पुनस् व्यापार नाका सञ्चालन गर्ने सहमतिको विरोधमा सबै एक हुनुपर्ने बताए ।

उनले यो सहमति नेपालकै विरुद्धमा भइकाले यसमा केपी ओलीलाई मात्रै प्रश्न गरेर केही नहुने बताए । अब यो बारेमा कुरा गर्नुपर्ने उनले बताए ।

उनले भने “लिपुलेकको विषय हामीले २०१५ मा पनि उठाएका थियौँ, २०१९ मा पनि स्पष्ट गरेका हौँ त्यति बेला दुईटा देश बसेर लिपुलेकबाट व्यापार गर्ने कुरा हामीले हुँदैन है, यो हाम्रो भुमि हो भनेका हौँ । त्यसपछि मात्रै उहाँहरु पछि हट्नु भयो ।” फेरि आज चिनिया यो विषय उठेको भन्दै यसप्रति सरकारले गम्भिर भएर तदारुकता देखाएको प्रति उनले सरकारलाई धन्यवाद समेत दिएका छन् ।

साथै उनले चुच्चे नक्सा खै भन्दै केपी ओली माथि प्रश्न उठाउनेहरुलाई कडा जवाफ समेत दिए । उनले भने “केपी ओलीको घर मिच्या होईन्, ओलीको जग्ग मिच्या होईन्, राष्ट्रको भुमि हाम्रो भुमि मिच्या हो जुन न संसदलाई स्वृकार्य छ नत राष्ट्रलाई यस्मा सबैले एकमत हुनु पर्छ । ”

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *