पोखरामा आजबाट महिला भलिवल लिग शुरु हुँदै

खेलकुद

काठमाडौं । वात्सल्य एभेरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण आजबाट सुरु हुँदै छ । उद्घाटन खेलमा कर्णाली यशविस र पोखरा निन्जाज आमने–सामने हुँदैछन् ।
उद्घाटन खेल पोखराको बहुउद्देश्यीय कभर्डहलमा दिउँसो २ बजेबाट हुनेछ । त्यस्तै आज हुने दोश्रो खेलमा ललितपुर क्विन्स र मधेश यूनाइटेड भिड्ने छन् । सो खेल अपरान्ह ४ बजे सुरु हुनेछ । कुल ६ टोलीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगिताको फाइनल खेल २८ गते हुनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट