`

संसद भवन परिसरमा प्रदर्शनकारीले लगाए आगो

Nepal One HD २३ भदौ २०८२ १४:३७
प्रमुख खबर

काठमाडौं । संघीय संसद भवनको मुल गेट (पश्चिम गेट) भित्रै प्रदर्शनकारीले आगो लगाएका छन् । प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक झन तनावग्रस्त बनेको छ । सरकारले यस क्षेत्रमा कफ्र्यु आदेश जारी गरे पनि प्रदर्शन झन उग्र बन्दै गइरहेको छ ।

प्रदर्शन उग्र बनेसँगै प्रहरीले गोली समेत चलाएको छ । संसद् परिसरभित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा प्रहार गरेको छ । अहिले प्रदर्शनकारीले संसद् परिसरमा आगो लगाएका छन् । बानेश्वरकै सिभिल अस्पतालमा १०० बढी घाइतेको उपचार जारी छ ।

प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्तकको पहिचान खुलिसकेको छैन । अर्का एक जना गम्भीर घाइते भएका छन् । त्यस्तै अन्य अस्पतालमा पनि घाइतेको उपचार जारी छ । यस्तै समाचार संकलन गर्न पुगेका चार पत्रकारलाई पनि प्रहरीले चलाएको रबरको गोली लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *