`

जेनजीलाई आन्दोलन स्थगन गरी शान्ति सुव्यवस्था कायम गर्न सरकारको आग्रह

Nepal One HD २४ भदौ २०८२ ०:२६
राजनीति

काठमाडौं । सरकारले जेनजी पुस्तालाई आन्दोलन स्थगित गरी शान्ति सुव्यवस्था कायम गर्न सहयोगका लागि आग्रह गरेको छ ।

आन्दोलनमा आफ्नो अभिष्ट पूरा गर्ने उद्देश्यकले घुसपैठ गरी सार्वजनिक सम्पत्ति तोडफोड गरी अराजक मच्चाउने तत्वको पहिचान गरीघटना छानबिन गर्न यथाशीघ्र समिति गठन गर्ने निर्णय पनि क्याविनेटले गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वी सुब्बागुरुङले आजको आनन्दोलनमा मृतक भएकाको श्रद्धाञ्जलीसहित परिवारजनमा समवेदना प्रकट गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *