तुलसीपुर कारागारबाट भागेका ७१ कैदी पक्राउ

समाज

दाङ, २८ भदौः यहाँको तुलसीपुर कारागारबाट भागेका ७१ जना कैदीलाई पक्राउ गरिएको छ । कारागार प्रमुख गिरबहादुर सेजुवालले ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका २५३ कैदीमध्ये ७१ जनालाई पुनः पक्राउ गरिएको जानकारी दिनुभयो । तीमध्ये केही आफैँ सम्पर्कमा आएका र केहीलाई सुरक्षाकर्मीले पक्राउ गरेको उहाँले बताउनुभयो ।
कारागारमा रहेका ४६९ कैदीमध्ये २५३ जना पुरुष कैदी तोडफोड गरेर भागेका थिए । कारागारमा महिला कैदी मात्र बाँकी रहेका थिए ।
यसैबीच, दाङको जनजीवन सामान्य बन्दै गएको छ । आज बिहानदेखि यहाँ यातायातका साधन सञ्चालन हुनाका साथै बजारमा मानिसको चहलपहल बढेको छ । स्थानीय प्रशासनले भने जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट