`

लमहीमा आमाछोरीको पानीमा डुबेर मृत्यु

Nepal One HD २८ भदौ २०८२ १९:०२
समाज

दाङ – लमही नगरपालिका-१ मा पानीमा डुबेर आमाछोरीको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय लमहीले दिएको जानकारीअनुसार लमही-१ वसन्तपुर बौराहकी ३९ वर्षीया किमा सार्की र सार्कीकी १७ वर्षीया छोरी होलिका सार्कीको डुबेर मृत्यु भएको हो ।

दुवै जनाको आज दिउँसो घरबाट उत्तरतर्फ रहेको चिसोखोलाको बगरे दहमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवं प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिनुभयो । घटनापछि प्रहरी निरीक्षक पाण्डेयको नेतृत्वमा आठ जनाको टोली खटिएको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *