`

‘जेनजी’ आन्दोलनका नाममा तोडफोड र आगजनी निन्दनीयः मुख्यमन्त्री कँडेल

Nepal One HD २९ भदौ २०८२ १९:२८
राजनीति

काँक्रेविहार (सुर्खेत), २९ भदौः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी निन्दनीय भएको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले आन्दोलनलाई उद्देश्यभन्दा फरक ढङ्गले प्रयोग गर्नु निन्दनीय भएको र तोडफोड र आगजनीको जिम्मेवार को हुने भन्ने विषयले थप अन्यौलता सिर्जना गरेको बताउनुभयो ।

मुख्यमन्त्री कँडेलले गणतन्त्र ल्याउने अभियानमा सहभागी युवाहरूलाई समेत भड्काएर घटना गराइएको जिकिर गर्नुभयो । उहाँले सङ्घीय राजधानीमा अप्रिय घटनाहरू घटेको र त्यसको प्रभाव कर्णालीमा पनि देखिएको बताउनुभयो ।

“यस घटनामा सबैभन्दा बढी नोक्सानी कर्णाली प्रदेशसभामा भएको छ । यस्तो अवस्थामा अब कसरी काम गर्ने भनेर प्रदेश सचिव र मन्त्रीहरूसँग छलफल भएको छ”, मुख्यमन्त्री कँडेलले भन्नुभयो । उहाँले आज क्षतिग्रस्त सरकारी कार्यालयको अनुगमनसमेत गर्नुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *