सुनचाँदीकै मूल्यमा नयाँ ‘कीर्तिमान’, हालसम्मकै महँगोे

अर्थ समाचार

काठमाडौं । नेपाली चाड वडादशैं नजिकिँदै गर्दा आज (मंगलबार) सुनचाँदीकै मूल्य बढेर नयाँ कीर्तिमान बनाएको छ । हिजो बढेको सुनको मूल्य आज पनि उकालो लागेको हो । प्रतितोला एक हजार नौसय रुपैयाँ बढेर सुनको मूल्य आज तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो । हिजो सुनको मूल्य तोलाको दुईलाख १५ हजार दुईसय रुपैयाँ थियो । गत साताको शुक्रबार सुनको मूल्य तोलाको दुईलाख १५ हजार आठसय रुपैयाँ पुगेर केही सस्तिएको थियो । आज चाँदीको मूल्य पनि बढेर हालसम्मकै महँगो भएको छ । चाँदीको मूल्य आज तोलाको २० रुपैयाँ बढेर दुई हजार पाँचसय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट