`

पार्टीभित्र नेता कार्यकर्ताको ध्यान भड्काउने षड्यन्त्र भइरहेको छ : सिके राउत

Nepal One HD २ असोज २०८२ ९:०९
प्रमुख खबर

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।

उनले फागुन २१ गते निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

उनले समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र भएको भन्दै यसमा बहस गरेर समय खेर नफाल्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने,‘फाल्गुन २१ निर्वाचनसम्म अन्यत्र ध्यान नभट्काऔं, अन्यत्र शक्ति खेर नफालौं । पहिला निर्वाचनमा जनमत पार्टीलाई नम्बर १ विजयी पार्टी बनाउनेतिर लागौं । फाल्गुन २१ गतेको लागि निर्वाचनको घोषणा भइसकेको छ, सबैदलहरूले मानिसकेका छन् र तैयारीमा जुटिसकेका छन्, निर्वाचन आयोग पनि तैयारीमा जुटिसकेको छ । हामीसँग धेरै समय छैन । मुश्किलले साढे ५ महिना समय छ । दुई–तीन महिनापछि पार्टी दर्ता गर्ने र समानुपातिक सूची बुझाउने समय पनि आइसक्छ । यस्तो समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र हुँदैछ । त्यसैले अरूले जे–जस्तो गरे पनि हामीले ध्यान नदिऔं, त्यसको पछि लागेर, त्यो विषयमा छलफल बहस गरेर, पोस्ट गरेर हामी समय खेर नफालौं ।’

यस्तै उनले निर्वाचनको तयारीमा गाउँगाउँ टोलटोलसम्म जुट्न पनि भनेका छन् । उनले भने नौलो गणतन्त्र नै आगामी निकास हो प्रचार गरौं, बूथ समिति र युवा दस्ता गठन गरौं, प्रशिक्षण दिऔं, परिचालन गरौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *