असन्तुष्ट युवालाई राजनीतिको मूलधारमा जोड्न एमालेले पर्यत्न गर्छ : शंकर पोखरेल


काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले असन्तुष्ट युवालाई राजनीतिको मूलधारमा जोड्न पार्टीले पहल गर्ने बताएका छन् । विमति राखेर होइन नवयुवालाई विश्वासमा लिएर हातेमालो गर्ने उनले बताएका छन् ।
संविधान दिवसको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले एमाले नै जनताको भावना बुझ्ने उपयुक्त शक्ति हो भनेर युवालाई बुझाउने बताएका हुन् ।
‘आज युवाकाे असन्तोष राज्य र राजनीतिक दलको विरुद्धमा देखा परेको छ । हामी विश्वास गर्दछौं, ती युवालाई राजनीतिको मूलधारमा जोड्न सफल हुनेछौं, जसले असन्तोष प्रकट गर्नुभएको छ । नेकपा एमाले नै उपयुक्त शक्ति हो, देशभक्त शक्ति हो । राष्ट निर्माण र जनताको भावना बुझ्ने शक्ति स्थापना गर्ने शक्ति हो भनेर स्थापित गर्नेगरी काम गर्नेछौं ।’ पोखरेलले अहिले असन्तुष्टि पोखेका युवालाई राजनीतिको मूलधारमा ल्याउने बताए । ‘विमति राखेर होइन विश्वासमा लिएर नव युवासँग हातेमालो गरेर राजनीतिको मूलधारमा जोडेर त्यो अभियान सफल पार्नेछौं,’ पोखरेलले भने ।