`

टिकटकको भाग्य र व्यापार सम्झौतामा प्रगतिको आशा

Nepal One HD ३ असोज २०८२ १५:५४
विश्व

 अमेरिका ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको फोन वार्तामा भिडियो साझेदारी एप टिकटकको भाग्यलाई अन्तिम रूप दिने र दुई देशबीचको व्यापार वार्तामा प्रगति गर्ने आशा व्यक्त गरेका छन् ।

“म राष्ट्रपति सीसँग कुरा गर्दैछु, तपाईंलाई थाहा छ, टिकटक र व्यापारबारे”, ट्रम्पले बिहीबार फक्स न्युजसँगको अन्तर्वार्तामा भने, “हामी सम्झौतामा धेरै नजिक छौँ र चीनसँग मेरो सम्बन्ध धेरै राम्रो छ ।”

जनवरीमा ह्वाइट हाउस फर्केपछि ट्रम्प र सीबीच यो दोस्रो र वर्षको सुरुदेखि तेस्रो संवाद हो । जुन ५ मा ट्रम्पले सीलाई अमेरिकामा निमन्त्रणा गरेका थिए भने आफूलाई चीन भ्रमणको प्रस्ताव आएको बताएका थिए । हालसम्म भ्रमण तालिका तय नभए पनि विश्लेषकहरूले सीले आफ्नो प्रस्ताव दोहो¥याउने अपेक्षा गरेका छन् ।

– टिकटक विवाद –

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकी कांग्रेसले चिनियाँ मूल कम्पनी बाइटडान्सलाई आफ्नो अमेरिकी सञ्चालन बेच्न बाध्य पार्ने कानून बनाएपछि टिकटक विवादित बनेको हो । ट्रम्पले भने बारम्बार प्रतिबन्ध स्थगित गर्दै अन्ततः समाधान खोज्ने सङ्केत दिएका छन् ।

“टिकेकमा केही अन्तिम रूप दिने आशा छ”, उनले पत्रकारहरूसँग भने । सम्झौता भए टिकटकको अमेरिकी व्यवसाय अमेरिकी लगानीकर्ताहरू, धनी व्यक्तिहरू र ठूला कम्पनीहरूको स्वामित्वमा रहने उनको भनाइ छ । ट्रम्पले टिकटक एपले युवा मतदातालाई आकर्षित गरेर सन् २०२४ को चुनाव जित्न मद्दत गरेको दाबी समेत गरे ।

वाल स्ट्रिट जर्नलका अनुसार टिकटकलाई नियन्त्रण गर्न सम्भावित कन्सोर्टियममा ओरेकल र अमेरिकी लगानी कोषहरू सिल्भर लेक तथा एन्ड्रिसन होरोविट्ज सहभागी हुनेछन् ।

– व्यापार र भन्सार शुल्क –

यसैबीच, दुवै मुलुकबीच टेलिफोन वार्ता विश्वव्यापी आपूर्ति शृङ्खलामा असर गर्ने स्तरमा पुगेको भन्सार शुल्क विवादबीच भएको हो । यस वर्षको सुरुआतमा कर बढाएर तनाव चुलिएपछि वासिङ्टन र बेइजिङले लेवी घटाउने अस्थायी सम्झौता गरेका थिए । सम्झौता नोभेम्बरमा समाप्त हुँदैछ ।

हाल अमेरिकाले चिनियाँ सामानमा ३० प्रतिशत र चीनले अमेरिकी सामानमा १० प्रतिशत भन्सार शुल्क लगाएका छन् ।

– कूटनीतिक पृष्ठभूमि –

सीले हालै रुस र भारतका नेताहरूसँग शिखर सम्मेलन आयोजना गरेका थिए र उत्तर कोरियाली नेता किम जोङ उनलाई सैन्य परेडमा आमन्त्रित गरेको थियो ।

ट्रम्पले आफ्नो ट्रुथ सोसलमा सीलाई सम्बोधन गर्दै ‘कृपया पुटिन र किमलाई मेरो सम्मान दिनुहोस् किनकि तपाईंहरूले अमेरिकाविरुद्ध षड्यन्त्र गर्नुभयो’ भनेका थिए ।

साथै, उनले भारतलाई रुसी तेल खरिद गरेकामा आलोचना गर्दै दण्डात्मक भन्सार शुल्क लगाएको बताए ।

बेइजिङलाई अमेरिकाले प्रत्यक्ष प्रतिबन्ध नलगाए पनि ट्रम्पले युरोपेली मुलुकहरूलाई चीनमाथि दबाब दिन आह्वान गरे । “यदि चीनमाथि यस्तो दबाब परेको अवस्थामा युक्रेन युद्ध अन्त्य हुनसक्छ”, उनले फक्स न्युजसँग भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *