मलेसियामा हुने सुपर वुमेन्स सिरिजका लागि नेपाली टोली घोषणा


काठमाडौं। मलेसियन सुपर वुमेन्स शृंखला र मलेसियाविरुद्धको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलका लागि नेपाली महिला राष्ट्रिय टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ क्यानले शनिबार इन्दु वर्माको कप्तानीमा टोली घोषणा गरेको हो। यही सेप्टेम्बर २४ देखि ३० सम्म मलेसिया क्रिकेट संघको आयोजनामा मलेसियन सुपर वुमेन्स सिरिज हुनेछ।
मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा हुन लागेको सिरिजमा नेपाली खेलाडीले ५ फरकफरक टिमबाट सिरिज खेल्नेछन् ।
राष्ट्रिय महिला क्रिकेट टिमको तयारी स्वरूप खेलाडीले सिरिज खेल्ने क्यानले जनाएको छ । त्यसलगत्तै नेपाली टोलीले मलेसियामै अक्टोबर २-८ मा मलेसियासँग ५ खेलको टी-२०आई सिरिज खेल्नेछ ।
यस्तो छ नेपाली टिम
इन्दु वर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवी पोद्दार, यशोदा विष्ट, सावित्रि धामी र कविता कुँवर