`

अफगानिस्तानद्वारा पाँच करोड ६० लाख डलर मूल्यका छ परियोजना स्वीकृत

Nepal One HD ५ असोज २०८२ २०:२५
विश्व

अफगानिस्तानको तालिवान सरकारद्वारा पाँच करोड ६० लाख डलर मूल्यका छ परियोजना आइतबार स्वीकृत गरेको छ। अफगानिस्तानको राष्ट्रिय खरिद आयोगले पूर्वाधार, स्वास्थ्य सेवा र आर्थिक अवसरहरू बढाउनका लागि ३.८ अर्ब अफगानी अर्थात् पाँच करोड ६० लाख ४० हजार अमेरिकी डलर मूल्य बराबरका छ वटा विकास परियोजनाहरूलाई अनुमोदन गरेको आर्थिकमामिलाका लागि उपप्रधानमन्त्रीको कार्यालयले आइतबार घोषणा गरेको छ।

उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरादरको अध्यक्षतामा बसेको आयोगले छ वटा प्रमुख पहललाई अनुमोदन गर्नुअघि विभिन्न क्षेत्रका ३० वटा प्रस्तावहरूको समीक्षा गरेको थियो।

परियोजना अन्तर्गत पूर्वी कुनार प्रान्तमा २०० शैयाको अस्पताल निर्माण गर्ने, पक्टिका प्रान्तमा हरितगृह स्थापना गर्ने, उत्तरी फर्याब प्रान्तमा २५ किलोमिटर सडक निर्माण गर्ने र विभिन्न प्रान्तमा विद्युत् कम्पनीहरुलाई विद्युतीय उपकरण आपूर्ति गर्ने योजना रहेको छ ।

यी पहलहरूले स्थानीय बासिन्दाहरूका लागि हजारौँ रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ, जसले दशकौँको द्वन्द्वपछि चलिरहेको सुधारको बीचमा अर्थव्यवस्थालाई पुनर्जीवित गर्ने सरकारको प्रयासलाई समर्थन गर्ने विश्वास सरकारले लिएको छ ।

सन् २०२१ अगस्टमा सत्तामा आएदेखि अफगान सरकारले आर्थिक कठिनाइको सामना गर्न र रोजगारीका अवसरहरू सिर्जना गर्न युद्धग्रस्त देशमा आफ्नो घरेलु बजेटमा धेरै विकास र पूर्वाधार परियोजनाहरू सुरु गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *