`

रुसद्वारा अमेरिकासँग ‘आणविक हतियार भण्डारण सीमा पालना’सम्बन्धी सम्झौता अद्यावधिक गर्ने प्रस्ताव

Nepal One HD ६ असोज २०८२ २०:२१
विश्व

रूसले सोमबार अमेरिकासँग भएको परमाणु हतियार भण्डारण सीमाको पालना अवधि एक वर्षको लागि बिस्तार गर्न आग्रह गरेको छ ।

सन् २०१० मा हस्ताक्षर गरिएको आणविक हतियार नियन्त्रण (न्यू स्टार्ट ट्रिटी) ले प्रत्येक पक्षले तैनाथ गर्न सक्ने आणविक हतियारको संख्यालाई सीमित गर्दछ । यो दुई आणविक शक्तिहरूबीचको अन्तिम प्रमुख हतियार प्रसार सम्झौता हो।

यो सन् २०२६ फेब्रुअरी ५ मा समाप्त हुने छ । कुनै पनि पक्ष विस्तारको लागि सहमत भएको छैन।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन बैठकमा भन्नुभयो, “रुस २०२६ फेब्रुअरी ५ पछि एक वर्षसम्म नयाँ स्टार्ट सन्धिको केन्द्रीय मात्रात्मक सीमाहरूको पालना गर्न तयार छ।

उहाँले वाशिङटनसँग ‘रणनीतिक हतियारको होडबाजी’ रोक्नका लागि यो उपाय आवश्यक रहेको बताउनुभएको छ ।

“हामी विश्वास गर्छौं कि यो उपाय तब मात्र कार्यान्वयन भएको मानिनेछ जब संयुक्त राज्य अमेरिकाले यस्तै तरिकाले कार्य गर्दछ र रोकथाम क्षमताको विद्यमान सन्तुलनलाई कमजोर पार्ने वा बिगार्ने कदमहरू चाल्दैन,” रूसी नेता पुटिनले थप्नुभयो ।

रूसले सन् २०२३ मा ‘न्यू स्टार्ट ट्रिटी’मा आफ्नो सहभागिता रोक्यो तर स्वेच्छाले सन्धिमा सङ्ख्यात्मक सीमाहरू पालना गने कार्म जारी राखेको छ।

सम्झौताले दुवै पक्षलाई अधिकतम एक हजार ५५० सम्म रणनीतिक आणविक हतियार राख्ने अनुमति दिन्छ । यो सन् २००२ मा निर्धारित सीमाको तुलनामा लगभग ३० प्रतिशतले कम हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *