`

ह्वाइट हाउसमा हुने गाजा शान्ति वार्तामा नेतान्याहुलाई दबाब दिने ट्रम्पको घोषणा

Nepal One HD १३ असोज २०८२ २०:३१
विश्व

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सोमबार ह्वाइट हाउसमा गाजा शान्ति सम्झौता गर्ने उद्देश्यले उच्चस्तरीय वार्ताका लागि स्वागत गर्ने कार्यक्रम तय भएको छ । गत हप्ता अरब र मुस्लिम नेताहरूसँगको वार्ता पछि युद्ध अन्त्य गर्ने, बन्धक मुक्त गर्ने र प्यालेस्टिनी उग्रवादीहरूलाई निशस्त्र बनाउने सम्झौता प्रभावकारी रूपमा सम्पन्न भएको ट्रम्पले सामाजिक सञ्जाल मार्फत बताउनु भएको छ ।

द टाइम्स अफ इजरायल र अमेरिकी समाचार वेबसाइट एक्सियोसका अनुसार ट्रम्पको योजनाले तत्काल युद्धविराम, इजरायली सेनाको फिर्ती र बन्धकहरूलाई ४८ घण्टा भित्र रिहा गर्न आह्वान गरिएको छ । त्यस पछि इजरायलले १,००० भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने तयारी गरेको जनाइएको छ ।

तथापि, नेतान्याहू भने गाजा सहरमा इजरायली सैन्य आक्रमण रोक्न तयार नभएको जनाइएको छ । गत जनवरीमा ट्रम्पको शासनकाल सुरु भए पछि नेतान्याहुको यो चौथो ह्वाइट हाउस भ्रमण हो ।गाजामा बन्दी बनाइएका इजरायली बन्धकहरूका परिवारले ट्रम्पलाई आफ्नो गाजा प्रस्तावलाई समर्थन गर्न खुला पत्र मार्फत आग्रह गरेका छन् ।

विज्ञहरुले भने “नेतान्याहुको युद्ध जारी राख्ने र हमासलाई पराजित गर्ने स्पष्ट प्राथमिकतामा ट्रम्पले कति टाढासम्म धकेल्न सक्नुहुन्छ भन्ने विषयमा निर्भर हुने बताएका छन् । यसका लागि ट्रम्पको पेचिलो दबाब र स्पष्ट तथा दिगो रणनीति चाहिने उनीहरुको दाबी रहेको छ । गाजाका नागरिकरुहरुले भने भने ह्वाइट हाउस बैठक अघि आशा, थकान र अविश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *