`

ट्रम्पको गाजा योजनाको जाँच गरिरहेको छः हमासको नजिकको प्यालेस्टिनी स्रोत

Nepal One HD १५ असोज २०८२ ६:५५
विश्व

हमासको नजिकको एक प्यालेस्टिनी स्रोतलाई उल्लेख गर्दै एएफपीले हमासले इजरायली प्रधानमन्त्रीको समर्थनमा रहेको गाजा युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावको समीक्षा गरिरहेको जनाएको छ ।

“हमासले प्यालेस्टाइन र विदेशमा आफ्नो राजनीतिक र सैन्य नेतृत्व भित्र श्रृङ्खलाबद्ध परामर्श सुरु गरेको नाम न छाप्ने सर्तमा बोल्दै स्रोतले जनाएको छ ।

“आन्दोलन सबै प्रस्तावहरूका लागि खुला रहेको र यसले हमास र प्रतिरोध गुटहरू दुवैको प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रतिक्रिया प्रस्तुत गर्ने जनाइएको ।

“विशेष गरी दोहामा इजरायली आक्रमण पछि नेतृत्वलाई कुराकानी गर्न गाह्रो भएकाले छलफल गर्न केहि दिन लाग्न सक्ने स्रोतले जनाकारी दिएको छ ।

यसै गरी अर्को एक प्यालेस्टिनी स्रोतले पनि हमासले ट्रम्पको योजनाको जाँच गरिरहेको पुष्टि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *