`

भारतीय स्वास्थ्य मन्त्रालयद्वारा बच्चाहरूमा खोकीको सिरपको होसीयारी पुर्वक प्रयोगको आग्रह

Nepal One HD १८ असोज २०८२ १९:०८
विश्व

मध्यप्रदेश र राजस्थान राज्यहरूमा खोकीको सिरपको सेवन पछि बच्चाहरूको मृत्यु भएपछि, भारतको स्वास्थ्य मन्त्रालयले बच्चाहरूमा खोकीको सिरपको प्रयोग होसीयारी पुर्वक गर्ने सल्लाह दिदै सम्बन्धित सबैलाई सचेत हुन आग्रह गरेको छ ।भारतको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले शुक्रबार सबै राज्यहरूलाई जारी गरेको सल्लाहमा बच्चाहरूका लागि खोकीको सिरपको “विवेकपूर्ण प्रिस्क्राइब र वितरण गर्नु पर्नै जनाएको छ ।

डिजिएचएसका अनुसार, बच्चाहरूमा खोकी औषधीय बिना नै उच्च संरक्षणले मात्र पनि समाधान हुने जनाउदै खोकीको औषधिहरू दुई वर्ष मुनिका बच्चाहरूलाई वितरण गर्न नहुने कुरामा जोड दिएको छ ।डिजिएचएसले खोकी र चिसोबाट पीडित बच्चाहरूका लागि “पर्याप्त हाइड्रेसन र आराम“ लगायत गैर–औषधीय उपायहरू अवलम्बन गर्नु फाइदाजनक हुने प्रष्ट पारेको छ ।

स्थानीय मिडिया रिपोर्टका अनुसार मध्य प्रदेशमा नौ र राजस्थानमा तीनजना गरी १२ जना बालबालिकाको खोकीको सिरप सेवन गरेपछि उत्पन्न जटिलताका कारण मृत्यु भएको छ । दुवै राज्यमा, स्वास्थ्य अधिकारीहरूले खोकीको सिरपमा प्रतिबन्ध जारी गरी मृत्युको अनुसन्धानको आदेश दिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *