`

युक्रेनी संरचनामा रुसी आक्रमण हुँदा पाँच जनाको मृत्यु, १० घाइते

Nepal One HD १९ असोज २०८२ १८:५०
विश्व

युक्रेनको पूर्वाधारलाई लक्षित गरी राथिको समयमा भएको रुसी आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ ।

उक्त आक्रमणमा ५०० लडाकु ड्रोन र ५० भन्दा बढी क्षेप्यास्त्र प्रयोग गरिएको र ती हतियारहरू किन्जल हाइपरसोनिक क्षेप्यास्त्र र क्रुज क्षेप्यास्त्रसमेत रहेका छन् ।

आक्रमणमा पश्चिमी, दक्षिणी, उत्तरी, पूर्वी र मध्य युक्रेनका नौ क्षेत्रलाई निशाना बनाइएको उहाँले बताउनुभयो । पश्चिमी एल्भिभ क्षेत्रमा एक १५ वर्षीय बालकसहित एकै परिवारका चार सदस्यको मृत्यु भएको क्षेत्रीय अभियोजकको कार्यालयले जनाएको छ ।

आक्रमण द्वन्द्व सुरु भएदेखि यस क्षेत्रमा गरिएको सबैभन्दा गम्भीर आक्रमण हो र यसले धेरै औद्योगिक र ऊर्जा सुविधाहरूलाई क्षति पु¥याएको छ।आक्रमणका क्रममा स्प्यारो औद्योगिक पार्कमा आगो लागेको एल्भिभका मेयर एन्ड्री सदोभीले बताउनुभयो ।

स्थानीय अधिकारीहरूले उत्तरी चेर्निहिभ क्षेत्र र पश्चिमी इभानो–फ्रान्किभ्स्क क्षेत्रमा ऊर्जा सुविधाहरूसहित महत्वपूर्ण पूर्वाधारहरूमा पनि आक्रमण भएको जानकारी दिएका छन्।

रूसी सेनाले युक्रेनको सैन्य–औद्योगिक स्थलहरू र यसको ग्यास र ऊर्जा पूर्वाधारमा रातभर ठूलो मात्रामा आक्रमण गरेको रूसी रक्षा मन्त्रालयले आइतबार पुष्टि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *