ब्राजिलका राष्ट्रपति लुला र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता, कर हटाउन आग्रह

विश्व

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन वार्ता गरी दण्डात्मक करवृद्धि हटाउन आग्रह गर्नुभएको छ ।
महिनौँदेखिको कूटनीतिक दुश्मनीपछि दुई अमेरिकी नेताहरूबीच भएको पहिलो औपचारिक वार्तामा दण्डात्मक करवृद्धि हटाउन आग्रह गरिएको हो ।
ब्राजिली राष्ट्रपतिको कार्यालयले जारी गरेको वक्तव्यमा दुई नेताबीच मित्रवत शैलीमा कुराकानी भएको उल्लेख छ ।
वार्तामा राष्ट्रपति लुलाले आफ्नो देशका सामानमा लगाइएको कर हटाउन र ब्राजिली अधिकारीमाथि लगाएको प्रतिबन्ध हटाउन अनुरोध गर्नुभएको वक्तव्यमा उल्लेख छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट