`

अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध

Nepal One HD २४ असोज २०८२ ७:४४
प्रमुख खबर

सिमकोट, (हुम्ला), २३ असोजः अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध हुन पुगेको छ । नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन् ।

सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ ।

सडकमा जमेको हिउँ पन्छाउन चार दिन लाग्ने उहाँले बताउनुभयो । समुद्र सतहबाट न्यालु पाँच हजार मिटरको उचाइमा छ । हिमपातका कारण तिल, हल्जी र जाङका बासिन्दा अधिक प्रभावित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *