दुर्गा प्रसाईंले भने- सिंहदरबार जलाए, अब देश टुक्राउँदैछन्


काठमाडौँ । राष्ट्र,राष्ट्रियता, धर्म, सांस्कृतिक, नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय संयोजक दुर्गा प्रसाईं आज तामाझामसहित त्रिभुवन विमानस्थलमा उत्रिएका प्रसाईंले देश टुक्रिन लागेको बताए छन् ।
विमानस्थलमा समसामयिक राजनीतिक विषयमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रसाईँले नेत्ररोग विशेषज्ञ सन्दुक रुइतसहितमाथि गम्भीर आरोप लगाए । उनले देश टुक्रिन लागेको भन्दै जेन-जीका नाममा अराजकता मच्चाइएको बताए ।
मधेशमा डा. सीके राउत र सुदूरपश्चिममा अर्को समूहले देश टुक्राउने बल गरिरहेको बताए । उनले जेन-जीका नाममा देश टुक्राउनेहरूले सिंहदरबारदेखि कयौँ स्थानमा आगो लगाएको बताए ।
नेताको घरमा आगो लगाउनु एक ठाउँमा भए पनि सरकारी संरचना जलाउनु आपराधिक कार्य भएको बताए । उनले कयौँ नेपाली सञ्चारमाध्यमको नाम लिँदै सिंहदरबार जलाएपछि अब देश टुक्राउने अभियान थालिएको बताए ।
साथै उनका अनुसार डा. गोविन्द केसीलाई अनशनमा राख्न थालिएदेखि शिक्षा र स्वास्थ्य ध्वस्त पारिएको उनको आरोप छ ।