`

नेपाल-ओमानबीचको खेल सुरु, टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

Nepal One HD २९ असोज २०८२ २१:०३
खेलकुद

काठमाडौँ । आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्र्तगत ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ सुरु गरेको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङको निर्णय गरेको हुन् । जारी प्रतियोगितामा शीर्ष तीनमा पर्दै नेपाल र ओमानले टी-२० विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् ।

नेपालले ओमानविरुद्ध ब्याटर सन्दीप जोरालाई आज आराम दिएको छ । उनको स्थानमा लोकेश बमलाई मौका दिएको छ ।

नेपालको प्लेइङ-११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरी , सन्दीप लामिछाने, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव र मोहम्मद आदिल अलाम छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *