`

यस वर्षको ‘भूजी लिग’ को उपाधि लिभुरालाई

Nepal One HD ३० असोज २०८२ ७:१२
खेलकुद

रामेछाप । यस वर्षको ‘भूजी लिग फुटबल प्रतियोगिता’ को उपाधि लिखु भूजी युवा क्लब रामेछाप (लिभुरा) ले जितेको छ । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै लिभुराले उपाधिसँगै स्थानीय फुटबलमा आफ्नो दबदबा कायम गरेको हो ।

भूजीको अमृत घामछायाँ खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा लिभुराले बाम्ती भण्डारलाई १–० गोलले पराजित गरेको हो । खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो ।
पहिलो हाफमा दुबै टोलीले समान अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । दोस्रो हाफमा पनि खेल बराबरीतिर उन्मुख देखिँदै गर्दा अन्ततः ८९ औँ मिनेटमा लिभुराका ९ नम्बर खेलाडी बिनत सुनुवारले निर्णायक गोल गर्दै टोलीलाई उपाधिसम्म पुर्याए ।

उपाधिसँगै प्रथम हुने लिभुराले नगद १ लाख २७ हजार ७ सय २७ रुपैयाँ, स्वर्ण पदक र रनिङ शिल्ड प्राप्त गरेको छ । उपविजेता बाम्ती भण्डारले ६७ हजार ७ सय २७ रुपैयाँ नगद र रजत पदकमा चित्त बुझायो ।आयोजक भूजी फुटबल क्लबका अध्यक्ष शुभराज सुनुवारका अनुसार प्रतियोगिता यस वर्ष पनि अत्यन्त उत्साहजनक सहभागिता र शालीन खेल प्रदर्शनका साथ सफल भएको छ ।

खेलमा लिभुराकै सुजन सुनुवार ‘म्यान अफ द म्याच’ घोषित भए । प्रतियोगिताको पुरुष लिगमा कुल ९ टिमले सहभागिता जनाएका थिए । खेलको सञ्चालन तथा संयोजन भूजी फुटबल क्लबले गरेको थियो ।यस्तै, भूजी लिग अन्तर्गत महिला फुटबल प्रतियोगितामा पनि लिखु भूजी रामेछाप ‘ए’ टिम विजेता बनेको छ । फाइनलमा ‘ए’ टिमले आफ्नै ‘बी’ टिमलाई १–० को गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

विजेता टिमले ३० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्योे भने उपविजेता टिमले २० हजार रुपैयाँ प्राप्त गरेको छ । महिला तर्फ कुल ३ टिमले सहभागिता जनाएका थिए ।
समापन समारोह उमाकुण्ड गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा विजयी टिम, उत्कृष्ट खेलाडी र निर्णायकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष शुभराज सुनुवारले स्थानीय स्तरमा खेलकुदले एकता, अनुशासन र प्रतिभा विकासमा ठूलो योगदान पु‍¥याइरहेको उल्लेख गर्दै आगामी वर्ष प्रतियोगिता अझ भव्य रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाए ।

भूजी लिग प्रतियोगिता रामेछाप जिल्लामा स्थानीय खेल प्रतिभा पहिचान र फुटबलको माध्यमबाट समुदायबीचको सम्बन्ध सुदृढ गर्न उद्देश्यले सञ्चालन गरिएको वार्षिक कार्यक्रम हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *