`

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

Nepal One HD ३० असोज २०८२ ८:३३
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दैछ । मंगलबारबाट सुरु भएको बैठक आज दिउँसो १ बजे पुनः केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।केन्द्रीय समिति बैठकअघि बिहान कार्यसम्पादन समितिको बैठक बस्ने कांग्रेसले जनाएको छ ।

बुधबार कार्यसम्पादन समितिको बैठक बसेर एजेन्डाहरू तय गरिने भनेपनि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आफ्ना समूहका नेताहरुसँग मात्र परामर्श गरेका थिए । सभापति निर्वाचित भएपछि देउवाले गुटगत बैठक राखेका थिएनन् । बुधबारको बैठकमा संस्थापन पक्षका नेताहरूसँग अगाडि बढ्नेबारे छलफल गरेका हुन् ।

एजेन्डा तय गर्न बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशनसम्बन्धी तालिकामा सहमति नजुट्दा पटक–पटक बैठक स्थगित हुँदै आएको छ ।सभापति शेरबहादुर देउवाले कार्यवाहक तोकेकाले आजको बैठक खड्काको अध्यक्षतामा बस्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *