`

एनपिएल दोस्रो सिजन शुरु हुनुअघि जनकपुरधाममा ट्रफी परेड

Nepal One HD १ कार्तिक २०८२ १३:३०
खेलकुद

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन शुरु हुनुअघि मधेसको राजधानी जनकपुरधाममा ट्रफी परेड गरिएको छ ।

सातै प्रदेशमा एनपीएलको ट्रफी परेड गराउने क्यानको कार्यक्रमअन्तर्गत जनकपुरधाममा पनि ट्रफी परेड गरिएको हो । जेन—जी आन्दोलनपूर्व कोशी प्रदेशबाट शुरु भएको क्यानको ट्रफी परेड कार्यक्रम अन्तर्गत शनिवार मधेसको राजधानी जनकपुरधाम आइपुगेको छ ।

एनपीएलको ट्रफीसहित जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चना पश्चात शुरु भएको ट्रफी परेड नगरको विभिन्न भागको परिक्रमा गर्दै बसपार्क नजिक रहेको सीताशरण होटेल पुगेर समापन भएको छ ।

मधेस प्रदेशमा एनपीएलको ट्रफी परेड पश्चात यो ट्रफी परेडका लागि अन्य प्रदेशहरुमा पनि पठाइनेछ । परेडमा जनकपुर बोल्ट्सका साथै नेपाल क्रिकेट संघ धनुषाका पदाधिकारी र स्थानीयको उल्लेख्य सहभागिता रहेको छ । जनकपुर बोल्ट्स एनपीएलको पहिलो संस्करणको विजेता टोली पनि हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *