म नेपालभित्र जहाँ पनि जान्छु, कुन लोकतन्त्रले थुन्छ हेरौंला : ओली

नेकपा एमाले

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई उपत्यकाभित्र मात्रै सीमित गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
आज (शनिबार) एमालेले च्यासलमा आयोजना गरेको कार्यक्रममा आफूलाई आवश्यक परेका बेला नेपालका कुनै पनि क्षेत्रमा जान सक्ने जिकिर गरे । ‘चुनाव गराउने अरे, झापामा मेरो घर जलाइयो, अनि हेर्न जान परेन ?,’ ओलीले भने, ‘हेर्न पनि जान नपाउने । साँगा तरेर धुलिखेलमा गएर मिटिङ गर्न नपाउने । क्या गजबको सरकार छ । मलाई जति बेला काम पर्छ, त्यतिबेला म साँगा कट्ने होइन नेपालको जहाँ पनि घुम्न जान सक्छु ।’
उनले आफूलाई कुन कानुनले रोक्छ भन्दै प्रश्न समेत गरेका छन् । ओलीले भने, ‘के कानुनले समाउँछ ? के कानुनले थुन्छ ? कुन लोकतन्त्रले थुन्छ ? त्यो म हेर्छु । जथाभावी गर्ने ? मनपरी गर्ने ? यो देश हाम्रो होइन ?’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको