`

विश्वकप क्रिकेट लिग–२ः नेपाल अमेरिकासँग १०६ रनले पराजित

Nepal One HD ९ कार्तिक २०८२ १९:१५
खेलकुद

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपाल अमेरिकासँग पराजित भएको छ ।भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकासँग १०६ रनले हार ब्यहोरेको हो । अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रनमा अलआउट भयो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४०, आसिफ शेखले ३७, भिम सार्कीले २९, आरिफ शेखले २० तथा सोमपाल कामीले ११ रन बनाए ।

कुशल भुर्तेल र सन्दीप लामिछानेले खाता खोल्न सकेनन् भने रोहित पौडेलले दुई रनमात्रै बनाए । यस्तै, गुलशन झा ३ रनमा आउट हुँदा ललित राजवंशी शून्यमा अविजित रहे ।

नेपाललाई सस्तैमा समेट्न हर्मित सिंह एक्लैले ६ विकेट लिए । यस्तै, शुभम रन्जानेले दुई तथा रुशिल उगरकरले एक सफलता हात पारे ।त्यसअघि दुबइ अन्तरराष्ट्रिय रङ्गशालामा टस हारेर पहिले ब्याटिङ थालेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २६२ रनको योगफल तयार गर्यो ।

अमेरिकाका लागि स्मित पटेल र मिलिन्द कुमारले अर्धशतकीय इनिङ्स खेले । पटेलले १०० बलमा ७५ रन बनाउँदा कुमार ५० बलमा ७० रनसहित अविजित रहे । यस्तै, सैतेजा मुक्कामल्लले ४२, शुभम रन्जनेले १९, हर्मित सिंहले १६ रन जोडे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *