`

श्रीलङ्काको पर्यटन प्रवर्धनका लागि एडीबीद्वारा दश करोड अमेरिकी डलर ऋण स्वीकृत

Nepal One HD १० कार्तिक २०८२ १८:३८
विश्व

मनिला, कात्तिक १० गते । एसियाली विकास बैँक (एडीबी)ले रणनीतिक नीतिगत सुधार तथा राष्ट्रिय पर्यटन नीतिसँग मेल खाने लक्षित लगानी मार्फत श्रीलङ्काको पर्यटन क्षेत्रलाई सहयोग गर्न दस करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

यस परियोजनाले प्रशासन सुधारमा सहयोग गरी निजी क्षेत्रको सहभागिता बढाउने र पर्यटक आगमन तथा विदेशी विनिमयलाई बढावा दिँदै उत्पादन विकास व्यापार प्रर्वदन तथा पूर्वाधार विकासलाई सम्बोधन गर्ने जनाइएको । जसमा दिगो पर्यटन क्षेत्र विकास कार्यक्रमका लागि अनुदानमा सात करोड डलर र तीन करोड डलरको नियमित ऋण समावेश छ ।

यस कार्यक्रमले शासन, सम्पत्ति व्यवस्थापन, व्यापार तथा पर्यटन प्रवर्धन सीप सुधार दिगो पर्यटन पर्यटन गन्तव्यमा सहरी विकास लगायत क्षेत्रमा नीति र संस्थागत सुधारलाई सहयोग गर्ने एडिबीले जनाएको छ । यस कार्यक्रमले समुद्री पर्यटन लगायतका क्षेत्रलाई प्रवर्धन गरी नयाँ गन्तव्य खोलेर, पर्यटकको बसाई तथा खर्च बढाउने यस क्षेत्रमा महिलाको सहभागिता बढाउन उचित वातावरण सिर्जना गरी पर्यटन क्षेत्रलाई विविधीकरण गर्न मद्दत गर्ने जनाइएको छ ।

सन् २०२५ मा श्रीलङ्कामा पर्यटक आगमन सन् २०१८ को स्तरमा फर्किएको बताउँदै श्रीलङ्काका लागि एडिबीका निर्देशक ताकाफुमी कादोनोले आम्दानी महामारीपूर्वको स्तर भन्दा तल रहेको बताउनु भएको छ । “उपयुक्त नीति र संस्थागत सुधार, पूर्वाधार वृद्धि, आन्तरिक र बाह्य चुनौतीविरुद्ध सुधार गरेर पर्यटन समावेशी आर्थिक वृद्धिको इन्जिन बन्न सक्ने उहाँले उल्लेख गर्नु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *