माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक बस्दै
प्रमुख खबर
काठमाडौं । आज नेकपा माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । बैठक नेपाल प्रज्ञाप्रतिष्ठानमा दिउँसो १ बजे बस्नेछ । बैठक नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदनका लागि बस्न लागेको जनाइएको छ ।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यसअघि असोजमा बसेको थियो । गत असोज १० गते सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरे पनि महाधिवेशनमा पुग्नु अगावै अन्य पार्टीसँग एकता हुने भएकाले अनुमोदनका लागि आज बैठक राखिएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
