आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल युएईसँग भीड्दै
खेलकुद
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले युएईसँग भीड्दैछ । त्रिदेशीय युएई शृङ्खलाको अन्तिम खेलमा नेपालले युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्ने भएको हो ।
खेल नेपाली समयअनुसार बिहान ११ ः १५ बजे सुरु हुनेछ । जारी शृङ्खलामा नेपालले लगातार हार बेहोरिरहेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भयो । नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ। अंक तालिकाको शीर्ष स्थानमा अमेरिका, यूएई पुछारमा र नेपालको १२ अंक छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
