`

भर्जिनियामा ट्रम्पको पार्टी पराजित, पहिलो पटक महिला गभर्नर निर्वाचित

Nepal One HD १९ कार्तिक २०८२ १३:५०
विश्व

अमेरिकी राज्य भर्जिनियामा डेमोक्र्याट पार्टीकी उम्मेदवार अबीगेल स्पानबर्गरले गभर्नरको चुनाव जितेकी छिन्।

उनी उक्त राज्यकी पहिलो महिला गभर्नर बनेकी हुन्। उनको प्रतिस्पर्धा रिपब्लिकन नेतृ विन्सम अर्ल–सियर्ससँग भएको थियो।
स्पानबर्गरको जितको पुष्टि मंगलबार राति मतदान सकिएपछि भएको हो । मतगणनाको सुरुदेखि नै उनी लिड गरिरहेकी थिइन्। स्पानबर्गर पूर्व सीआईए अधिकारी हुन् र तीनपटक अमेरिकी कांग्रेस सदस्य रहिसकेकी हुन् ।

उनको अब आउने जनवरीमा पदभार ग्रहण गरिनेछ र भर्जिनियाकी पहिलो महिला गभर्नर बन्नेछिन् भन यस अघि यो पदका लागि ७४ जना पुरुष रहेर काम गरिसकेका छन्, भने उनी ७५ औं गभर्नर को रुपमा निर्वाचित हुने छिन् ।

स्पानबर्गरको प्रचार अभियान पूर्ण रूपमा ट्रम्पविरोधी थियो। उनले भर्जिनियालाई ट्रम्प प्रशासनका नीतिहरूका कारण हुने क्षतिबाट जोगाइने प्रतिबद्धता जनाउँदै आएकी छिन् । उनले भनेकी थिइन्, ‘म वासिङटनबाट आउने अव्यवस्थाबीच पनि भर्जिनियाको पक्षमा दृढ रूपमा उभिनेछु।’

उनकी प्रतिस्पर्धी सियर्सले आफैँलाई ट्रम्प समर्थकका रूपमा प्रस्तुत गर्ने प्रयास गरेकी थिइन्, तर उनलाई प्रयाप्त सहयोग वा वित्तीय सहायता भने थिएन्। चुनावको अन्तिम चरणमा ट्रम्पले पनि केवल सामान्यरुपमा समर्थन जनाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *