`

औद्योगिक–व्यापारिक क्षेत्रको आक्रमण अस्वीकार्य छ : प्रधानमन्त्री कार्की

Nepal One HD २२ कार्तिक २०८२ १६:५३
अर्थ समाचार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रप्रति आफ्नो पूर्ण समर्थन रहेको बताएकी छिन् । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य भएको समेत बताइन् ।

‘यो आन्दोलनमा केही उच्छृंखल समूहहरूले राज्यबिहिनताको फाइदा उठाउँदै औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण हामीलाई अस्वीकार्य छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

उनले निजी क्षेत्रलाई आत्मविश्वास जगेर्न आवश्यक राहत र सहयोग प्रदान गर्न सरकारले कुनै कसर बाँकी नराख्ने आश्वासन दिँदै भनिन्, ‘उक्त घटनापछि मर्माहत भएको निजी क्षेत्रलाई जेनजी आन्दोलनमा घाइते युवाहरूलाईझैं तत्काल राहत सहयोग पुर्‍याउँदै आत्मविश्वास जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने म पुनः विश्वास दिलाउन चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *