`

लाल किल्लामा भएको कारमा विस्फोटबारे विस्तृत अनुसन्धान गरिनेछ : अमित शाह

Nepal One HD २५ कार्तिक २०८२ ७:३३
विश्व

भारत सरकारका संघीय गृहमन्त्री अमित शाहले सोमबार साँझ ७ बजे दिल्लीको लाल किल्लानजिकै भएको विस्फोटबारे सबै सम्भावनालाई ध्यानमा राखी अनुसन्धान गरिने बताउनुभएको छ। ्

उहाँले रेडफोर्ट नजिकैको सुभाष मार्गको ट्राफिक सिग्नलमा हुण्डाई आई २० कारमा विस्फोट भएको र केही पैदल यात्रीहरू घाइते भएका छन् भने केही सवारी साधनमा क्षति पुगेको बताउनुभएको छ।

गृहमन्त्री शाहले एएनआईसँग भन्नुभयो, “दिल्ली क्राइम ब्रांच र दिल्ली स्पेशल ब्रान्चको टोली विस्फोटको सूचना पाएको १० मिनेटभित्र घटनास्थलमा पुगेको थियो।”
उनका अनुसार घटनामा केही मानिसले ज्यान गुमाएका छन् ।

अमित शाहले भन्नुभयो, “टोलीहरूले विस्तृत अनुसन्धान सुरु गरेका छन् र यसका लागि नजिकैका सबै सीसीटीभी क्यामेराहरूको जाँच गर्न आदेश दिइएको छ।”

’मैले दिल्लीका सीपी र विशेष शाखाका इन्चार्जसँग पनि कुरा गरेको छु । घटनास्थलमा दिल्ली सीपी र विशेष शाखा प्रमुख उपस्थित छन्। हामी सबैसम्भावनालाई ध्यानमा राखेर गहन अनुसन्धान गर्नेछौँ । सबै विकल्पहरूको तुरुन्त अनुसन्धान गरिनेछ र हामी परिणामहरू सार्वजनिक गर्नेछौँ,” उहाँले भन्नुभयो।

प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा भएको विस्फोटको अवस्थाबारे जानकारी लिँदै गृहमन्त्री अमित शाहसँग कुरा गरी घटना र त्यसपछिको अवस्थाबारे जानकारी लिनुभएको छ।

राष्ट्रिय राजधानीको लाल किल्ला मेट्रो स्टेसन नजिकै विस्फोटमा आठ जनाको मृत्यु भएको र सात जना घाइते भएका स्थानीय एक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टले पुष्टि गरेका छन् ।

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपु¥याउँदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन् ।

यसअघि, दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका थिए । उनले भने, “अहिलेसम्म, म तपाईंलाई केही भन्न सक्दिन। घटनाबारे अनुसन्धान भइरहेको छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *