जेनजी आन्दोलनमा फरार सय किलो सुन तस्करीका अभियुक्त राई पक्राउ
अपराध
काठमाडौं । जेनजी आन्दोलनको मौकामा जेलबाट भागेका सय किलो सुन तस्करीका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले भोजपुर, अरुण गाउँपालिका–४ घर भई हाल काठमाडौं, बूढानीलकण्ठ– ४ पासीकोट बस्ने ५१ वर्षीय हर्कराज राईलाई पक्राउ गरेको हो ।
उनी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सुन्धारास्थित केन्द्रीय कारागार, जगन्नाथदेवलबाट भागेका थिए । संगठित अपराध, सुन भन्सार चोरी पैठारी तथा नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा उनी कैद सजाय भुक्तान गरिहेका थिए । उनी वहुचर्चित १०० केजी सुन प्रकरणमा संलग्न थिए । उनलाई केन्द्रीय कारागारमै बुझाइएका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
