`

युक्रेनीको अधिकार विना ‘मात्र शान्ति’ असम्भव भएको फिनल्याण्डका राष्ट्रपतिको भनाइ

Nepal One HD १७ मंसिर २०८२ १९:२४
विश्व

युक्रेनमा लडाइँ रोक्नका लागि गरिने कुनै पनि सम्झौताले न्यायपूर्ण शान्तिका सबै सर्तहरू पूरा गर्ने सम्भावना नभएको फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले बुधबार प्रसारित एक अन्तर्वार्तामा बताउनुभएको छ।

“युरोपेली देशहरूले युक्रेनको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई जोगाउन काम गरिरहेका छन् र युक्रनी नागरिकको अधिकार र सार्वभौमसत्तामाथि तगारो बन्नेगरी हुने शान्ति सम्झौताको कुनै अर्थ नहुने उहाँले बताउनुभयो ।

“वास्तवमा कसैले राम्रो, वा कुनै प्रकारको सम्झौताका लागि प्रस्ताव राख्न सक्छ तर यो राष्ट्रिय सार्वभौमसत्ता विपरित भयो भने यसलाई नमान्ने अधिकार सम्बधित पक्षमा सीमित रहन्छ।

“यथार्थमा हामी फिनल्यान्डवासीहरूले पनि शान्ति स्थापना हुने क्षणको लागि आफूलाई तयार पार्नुपर्छ र विगत चार वर्षदेखि हामीले धेरै कुरा गरेका न्यायपूर्ण शान्तिका सबै सर्तहरू पूरा हुने सम्भावना अहिलेको प्रस्तावमा आएजस्तो मलाई लाग्दैन।”

उहाँले रूससँग एक हजार ३४० किलोमिटर (८३० माइल) लामो सिमाना जोडिएको फिनल्यान्डका लागि युक्रेनमा ‘अन्यायपूर्णरूपमा शान्ति’ को सलागि सम्झौता भयो भने यसको अर्थ के हुनेछ भन्ने बारेमा विस्तृत रूपमा बताउनुभएन ।

क्रेमलिनको युक्रेन आक्रमणलाई लिएर दुई राष्ट्रहरूबीच तनाव बढेपछि, उक्त नर्डिक देशले सन् २०२३ डिसेम्बर सम्ममा रुससँगको आफ्नो पूर्वी सीमा बन्द गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुवैसँग घनिष्ठ सम्बन्ध भएका स्टबले भन्नुभयो, “आउँदा दिन र हप्ताहरूले युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरूले परिणाम दिनेछन् कि छैनन् भन्ने कुरा निर्धारण गर्नेछन्।”स्टबले भन्नुभयो, “संयुक्त राज्य अमेरिका युक्रेनमा शान्तिबाट आर्थिक रूपमा लाभ लिन खोजिरहेको छ।”

“हामी यस्तो अवस्थामा छौँ कि संयुक्त राज्य अमेरिका शान्ति मध्यस्थताका विभिन्न सम्झौताहरूमा युक्रेनी खनिज भण्डारजस्ता बिषयलाई अमेरिकी लगानीका लागि खुला गर्न प्रयास गरिरहेको छ । ती क्षेत्रहरूसँगको सम्बन्धित समाधान पनि कुनै न कुनै रूपमा व्यापारसँग जोडिएको छ,” उहाँले भन्नुभयो ।

उहाँले रुसले लडाइँ अन्त्य गर्ने योजनाको पछिल्लो संस्करणलाई स्वीकृति दिनेछ कि छैन भन्नेमा शङ्का व्यक्त गर्दै भन्नुभयो, “के हामी कुनै प्रकारको युद्धविराम र शान्तितर्फ अघि बढिरहेका छौँ।”

स्टबले गत महिना सार्वजनिक भएको मूल अमेरिकी योजना पढ्दा यसबाट खासै सकारात्मक परिणामका लागि आशा राख्ने अवस्था देखिएको थिएन ।

मस्कोका धेरै अधिकतम मागहरूलाई प्रतिबिम्बित गर्ने मूल योजना रुसले तयार पारेको र अमेरिकाद्वारा प्रस्ताव गरिएको भन्ने कतिपय यूरोपली नेताहरूको आरोपको वाशिङ्टनले खण्डन गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *