`

टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की

Nepal One HD १८ मंसिर २०८२ २०:४०
खेलकुद

काठमाडौँ, १८ मङ्सिरः काठमान्डू गोर्खाजले एनपिएल क्रिकेटको प्लेअफमा आफ्नो सुरक्षित बनाएको छ । आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमान्डू प्लेअफ पुगेको हो ।

काठमान्डूलाई प्लेअफमा पु¥याउन आजको खेलमा भीम सार्कीले महत्वपूर्ण भूमिका निभाए । उनी १९ बलमा नै अर्धशतक हिर्काउँदै छिटो अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बने । सार्कीले ‘प्लेयर अफ दी म्याच’को पुरस्कार पनि जिते ।

प्लेअफमा पुगेपछि भीमले टोलीको तालमेल मिल्दा जित सहज भएको बताए । सुरुआतका खेलमा तालमेल त्यति राम्रोसँग नमिल्दा जित कठिन भएको उनको भनाइ थियो । आज टोलीले योजना बनाए अनुसार नै नतिजा आएको सार्कीले बताए ।

यस्तै प्रशिक्षक मोन्टी देसाई घरेलु नेपाली खेलाडीबारे राम्रोसँग जानकार रहेकाले त्यसको फाइदा काठमान्डूलाई पुगेको सार्कीले बताए ।पोखरा एभेन्जर्सका धनञ्जय लक्षणले ब्याटिङ नचल्दा जित्नैपर्ने खेलमा हार बेहोर्नुपरेको बताए । शीर्ष क्रमका ब्याटरले राम्रो गर्न नसक्दा पराजित हुनु परेको र आगामी खेलमा जितको लक्ष्यसहित मैदानमा उत्रिने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *