`

पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोषबाट आर्थिक राहत उपलब्ध

Nepal One HD २६ मंसिर २०८२ ९:४६
विश्व

पाकिस्तानले आर्थिक सङ्कट व्यवस्थापन तथा सुधार कार्यक्रमका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषबाट झन्डै एक अर्ब २० करोड डलर बराबरको रकम प्राप्त गरेको घोषणा पाकिस्तान राज्य बैङ्कले गरेको छ । बैङ्कका अनुसार यो रकम बिहीबार देशको कोषमा दाखिला भइसकेको छ ।

यो सहायता विस्तारित कोष सुविधाअन्तर्गत दोस्रो समीक्षाको काम पूरा भएपछि प्रदान गरिएको हो । साथै, दिगोपन तथा स्थायित्वसम्बन्धी कोषअन्तर्गत पहिलो किस्ता पनि एकैसाथ स्वीकृत भएपछि पाकिस्तानले थप आर्थिक राहत पाएको हो ।

राज्य बैङ्कले स्पष्ट पारे अनुसार प्राप्त रकम यस साता विदेशी मुद्रा भण्डारमा औपचारिक रूपमा देखिनेछ । यो रकम विदेशी कारोबार सन्तुलन, भुक्तानी क्षमता र आर्थिक स्थिरतामा सहयोग पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

यस आर्थिक सहयोगले पाकिस्तानको चालु कार्यक्रम, सुधार योजना र आगामी आर्थिक कदमहरूलाई टेवा पुग्ने सरकारी अधिकारीहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *