`

साफ महिला क्लब च्याम्पियनसिपः भारतको इष्ट बङ्गाल विजयी

Nepal One HD २५ मंसिर २०८२ २१:१७
खेलकुद

काठमाडौँ – राजधानीमा जारी ‘साफ महिला क्लब च्याम्पियनसिप’ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भारतको इष्ट बङ्गाल विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा इष्ट बङ्गालले पाकिस्तानको कराँची सिटी फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । इष्ट बङ्गालका लागि सुलन्जना राउल र रेस्टी नन्जारीले एक एक गोल गरिन् । खेलको पाँचौँ मिनेटमा राउलले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाइन् ।

त्यसपछि खेलको दोस्रो हाफको चौथो मिनेटमा नन्जारीले गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरिन् । खेल अवधिभर कराँचीले गोल गर्ने प्रयास गरे पनि सफल भएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *