`

ब्राजिलः बोल्सोनारोको सजाय घटाउने विधेयकमाथि ‘भिटो’ लगाउने राष्ट्रपति लुलाको भनाइ

Nepal One HD ४ पुष २०८२ ९:३७
विश्व

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले बिहीबार काङग्रेसले पारित गरेको पूर्वराष्ट्रपति बोल्सोनारोको सजाय घटाउने विधेयकमाथि भिटो प्रयोग गर्ने बताउनुभएको छ।

ब्राजिलको सिनेटले बुधबार बोल्सोनारोको सजाय घटाउने विधेयक पारित गरेको छ । उहाँले भिटोपछि अन्ततः काङ्ग्रेसले बिधेयक खारेज गर्नुपर्नेछ ।

“बिधेयक मेरो टेबुलमा आइपुगेपछि राष्ट्रपतिलाई संविधानद्वारा प्रदत्त विशेष शक्ति ‘भिटो’ प्रयोग गर्नेछु । लुलाले पत्रकार सम्मेलनमा भन्नुभयो, “यो कसैबाट लुकेको कुरा होइन । मसँग भिटो गर्ने अधिकार छ।”

उहाँले अगाडि भन्नुभयो, “उनीहरूलाई मेरो भिटो उल्टाउन वा नउल्टाउन अधिकार छ। त्यो अगाडिको खेल हो।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *