फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला
राजनीति
विराटनगर, ४ पुस : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेता एवं कार्यकर्तासँग आज भएको भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो ।
नेता कोइरालाले निर्वाचनका लागि तयार रहन पार्टीपङ्क्तिलाई निर्देशन दिँदै प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको उल्लेख गर्नुभयो ।
“संविधान बचाउने र मुलुकलाई सङ्क्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो”, उहाँले भन्नुभयो, “हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ, तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशङ्कासमेत जन्मिएको छ ।”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
