`

नेपाली फुटबलमा विदेशी लगानी: लुम्बिनी एकेडेमीलाई सिंगापुरको सहयोग

Nepal One HD ५ पुष २०८२ १५:२७
खेलकुद

काठमाडौं । ‎सिङ्गापुरको फ्रेन्ज इन्टरनेसनल फुटबल एकेडेमी र लुम्बिनी फुटबल एकेडिमी दाङ्गबीच ग्रासरुट फुटबल विकासका लागि सम्झौता भएको छ । आज काठमाडौमा भएको एक कार्यक्रममा दुई एकेडेमीबीच एतिहासिक सम्झौता भएको हो ।

‎लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समीर ओलि र फ्रेन्ज इन्टरनेसनल फुटबल एकेडेमीको तर्फबाट कम्पनीकि डाईरेक्टर अस्मिता गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । कार्यक्रममा फ्रेन्जका मालिक सिङ्गापुर नागरिक डेल्भिन एस्पिको समेत उपस्थिती रहेको थियो ।

‎सन्चालक समीर ओलीको व्यक्तिगत लगानीमा आवासीय सुविधा सहित आफ्नै खेल मैदानमा २०८० देखि दाङ्गको घोराहीमा लुम्बिनी फुटबल एकेडेमीले  सञ्चालन भइरहेको छ । हाल आवसमा २९ जना खेलाडीहरु रहेका छन भने ६ जना विपन्न तथा दलित सामुदाएका खेलाडीहरुको पालन पोषणदेखि शिक्षामा समेत ओलीले आफ्नै व्यक्तिगत खर्चमा संरक्षण गरिरहेका छन् ।

‎यता सन २०१२ देखि सिङ्गापुरमा रहेर फ्रेन्ज इन्टरनेस्नल फुटबल एकेडेमीले निरन्तर रुपमा मलेसिया, इन्डोनेसिया लगायतका मुलमा समेत सकृएता जनाइराखेको छ । क्लबले त्यहाँका डिभिजन लिगहरुमा समेत प्रतिस्पर्धा गरिरहेको छ , जसको संरक्षकका रुपमा सिङ्गापुरका पुर्व मुख्य प्रशिक्षक जितासि‌ंह रहेका छन् ।

‎सम्झौता सँगै अब लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्ज इन्टरनेस्नल फुटबल एकेडेमीले नेपाली फुटबल वृत्तमा लुम्बिनी फ्रेन्ज फुटबल क्लबका रुपमा प्रतीनिधित्व गर्नेछ ।

‎सम्झौता अनुरुप फ्रेन्ज इम्टरनेसनल फुटबल एकेडेमीले लुम्बिनी फुटबल एकेडेमीलाई अर्थिक, प्राविधिकका साथ साथै व्यावसायिक रुपमा समेत सहयोग गर्नेछ । जसमा पहिलो चरणमा दाङ्गको घोराहीमा रहेको लुम्बिनी फुटबल एकेडेमीको भौतिक स्तरोन्नति गर्ने र त्यसलाई केन्द्रीय कार्यालयका रुपमा स्थापीत गर्नेछ । लगत्तै अर्को चरणमा सोही मोडालिटी अनुरुप देशैभर प्रादेशिक रुपमा अन्य संरचना बिस्तार गर्ने उदेश्य यी दुवैले लिएका छन् ।

‎प्राविधिक तर्फ नेपाली ग्रासरुट फुटबलमा पहिलो पटक एआई प्रविधीको प्रयोगका निमित्त सिङ्गापुरबाट आवस्यक उपकरणहरु उबलब्ध हुनेछन् । फ्रेन्ज इन्टरनेस्नल फुटबल एकेडेमीका मालिक डेल्भिन एस्पि अफैंमा एक एआई सफ्ट्वेर कम्पनी सिक्थ सेन्सको प्रबन्धक रहिसकेकाले उनले उक्त प्रविधिको प्रयोगले फुटबल खेलाडीको प्रदर्शनलाई निरीक्षण गर्ने र त्यस सम्बन्धी सबै डेटाहरुलाई अध्य्यन गरेर उक्त प्रविधिले खेलाडीको विकासमा टेवा पुग्ने विश्वास राखिएको छ ।

‎सिङ्गापुर र नेपाली फुटबलबीच भएको यो सम्झौताले दुई देशबीचको पारस्परिक सम्बन्ध समेत कायम राख्ने अपेक्षा गरिएको छ । पछिल्लो समय नेपाली फुटबलमा नकारात्मकता छाइरहेको बेला भएको यो सम्झौताले विदेशी लगानीकर्तालाई समेत नेपालमा फुटबलमा लगनी गर्न सकिन्छ भनेर सकारात्मक सन्देश प्रवाह गरेको छ।

‎लुम्बिनी फ्रेन्ज फुटबल क्लबले नेपालकै फुटबल संरचनाभित्र बसेर घरेलु प्रतियोगितादेखि राष्ट्रिय लिगसम्म आफ्नो उपस्थिति जनाउने लक्ष राखेका छन् । सम्झौता पछिको पहिलो पाइलाका रुपमा यी दुवैले नेपालको मोफसल फुटबलकै सर्वाधिक लोकप्रीय मध्येको एक प्रतियोगितामा भाग लिनेछ । जहाँ सिङ्गापुर राष्ट्रिय फुटबल  टिमका पूर्व मुख्य प्रशिक्षक जितासिंहको प्रशिक्षणमा त्यहाँका राष्ट्रिय खेलाडीहरु समेत लिएर प्रतियोगितामा सहभागिता जनाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *