`

टी-२० आई विश्वकप खेल्ने भारतीय टोलीको घोषणा

Nepal One HD ६ पुष २०८२ १२:०९
खेलकुद

काठमाडौँ ।  आगामी फेब्रुअरीबाट सुरु हुने आईसीसी टी-२० आई विश्वकपका लागि भारतले आफ्नो टिम घोषणा गरेको छ ।  शनिबार बसेको भारतीय क्रिकेट टिम सेलेक्सन कमिटीको बैठकले सुर्य कुमार यादवको कप्तानीमा १५ सदस्यीय विश्वकप खेल्ने टोलीको घोषणा गरेको हो । 

यसपटकको विश्वकपको लागि भारतले टोलीमा अभिषेक शर्मा, संजु सैम्सन, तिलक वर्मा, हार्दिक पाण्डे, शिवम दुवे, अक्सर पटेल, रिंकु सिंह, जस्प्रित बुम्राह, हर्षित राना, अर्षदिप सिंह, कुलदिप यादव, वरुन चक्रवर्ती, वाशिंगटन सुन्दर र ईशन किशनलाई समावेश गरेको छ । 

भारतको घोषित टोलीमा एकदिवसीय र टेष्ट टोलीका कप्तान शुवामन गिललाई भने समावेश गरिएको छैन । यसअघि भारतीय टिमबाट निलम्बनमा परेका इशन किशनले भारतीय टिममा पुनरागमन गर्दै आफ्नो स्थान सुरक्षित गर्दा फिनिसर भनेर हेरिएका रिंकु सिंहले पनि टिममा फर्किन सफल भएका छन् ।

आईसीसी टि-२० विश्वकपको आठौ संस्करण आगामी फेब्रुअरी ७ बाट भारत र श्रीलंकामा हुदैछ । यो पटकको विश्वकपमा नेपाल सहित अरु २० वटा देशले प्रतिष्पर्धा गर्दै छन्।   

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *