`

ईशान हत्या प्रकरण : रुपन्देहीमा प्रहरी कार्यालय घेराउ

Nepal One HD ६ पुष २०८२ १६:१७
अपराध

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरी चोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शंकास्पद मृत्युको घटनामा संलग्नलाई पक्राउ गर्न माग गर्दै स्थानीयले ईलाका प्रहरी कार्यालय रुद्रपुर घेरेका छन् । शर्माको शव तीन दिनअघि घर नजिकै नालीमा फेला परेको थियो । प्रहरीले घटनाको अनुसन्धानमा तदारुकता नदेखाएको र घटनामा संलग्न भएकाहरू पत्ता लगाउन नसकेको भन्दै टोल विकास संस्था, आमा समूह लगायतले प्रहरीलाई दबाब दिन ईलाका प्रहरी कार्यालय रुद्रपुर घेराउ गरेका हुन् ।

तीन हजार भन्दा बढीको संख्यामा उपस्थित स्थानीयहरू स्वःस्फुर्त रूपमा ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेको मृतक ईशानका बुबा पुष्पराज शर्माले बताएका छन् । पोष्टमार्टममा टाउकोमा भएको चोटको कारण रगत बग्दा ज्यान गएको पुष्टि भएको चिकित्सकले बताएको उनले जनाए । यता प्रहरीले भने अनुसन्धान जारी रहेको बताउँदै आवश्यक सहयोग गर्न आग्रह गरेको छ । प्रहरीका अनुसार ईशान बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन थिए । घरको डेढ सय मिटरमै रहेको नालीमा फालिएको थियो । शव फेला पर्दा टाउकोको पछाडि भागमा चोट थियो । प्रहरीका अनुसार घटनास्थलमा भने रगत चुहिएको वा लतपतिएको केही देखिएको थिएन ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *