`

रेनु तामाङलाई राष्ट्रिय खेलकुद परिषद्को बधाई

Nepal One HD ८ पुष २०८२ १९:०७
खेलकुद

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पाँचौँ एसियाली युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङ र प्रशिक्षक कविराज नेगी लामालाई आज बधाई दिएको छ ।

राखेपका कार्यवहाक सदस्य–सचिव रामचरित्र मेहताले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरी दुवैलाई बधाई दिँदै आगामी दिनमा अझ सफलता प्राप्त गर्न शुभकामना दिनुभयो ।

रेनुले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा हालै सम्पन्न एसियन युथ पारा गेम्समा के–४४ विधाको महिला ४७ किलोमुनि तौलसमूहमा कास्य पदक प्राप्त गरेकी थिइन् । रेनु राखेपले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेकी खेलाडी हुन् ।

सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकी सदस्य नन्दा बस्याललगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *