`

इजरायलले हतियार निर्माणका लागि एक खर्ब १० अर्ब डलर लगानी गर्ने

Nepal One HD १० पुष २०८२ ८:३४
विश्व

इजरायलले आगामी दश बर्षमा हतियार निर्माणका लागि एक खर्ब १० अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार स्वतन्त्र हतियार उद्योग विकास गर्न आगामी १० वर्षमा एक खर्ब १० अर्ब अमेरिकी डलर लगानी गर्ने बताउनुभएको हो ।

“मैले इजरायलका लागि स्वतन्त्र हतियार उद्योग निर्माण गर्न आगामी दशकमा कुल तीन खर्ब ५० करोड शेकेल स्वीकृत गरेको छु,” नेतान्याहूले देशको दक्षिणी क्षेत्रमा रहेको हवाई अड्डामा भएको एक सैन्य समारोहमा भन्नुभयो ।

उहाँले भन्नुभयो, “हामी कुनै पनि पक्षप्रति र साथीहरुसँग पनि निर्भरता कम गर्न चाहन्छौँ । हाम्रो रक्षा उद्योगका उत्कृष्ट दिमागहरू हतियार प्रणालीहरू विकास गर्न कडा मेहनत गरिरहेका छन् जसले भविष्यको युद्धभूमिमा इजरायलको फाइदाको ग्यारेन्टी गर्दछ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *