`

बालेन शाहसँग भएको ऐतिहासिक सहमति अनुमोदन गर्ने रास्वपाको केन्द्रीय समितिको निर्णय

Nepal One HD १४ पुष २०८२ ७:४८
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भएको एकताको सहमति केन्द्रीय समितिबाट अनुमोदन भएको छ।आइतबार बसेको रास्वपाको केन्द्रीय समितिको विशेष बैठकले उक्त सहमतिमाथि छलफल गर्दै सहमति अनुमोदन गर्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रहितका लागि आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने यो सहमतिले मुलुकमा व्याप्त भ्रष्टाचार, वेथिति र कुशासनको अन्त्य गर्दै सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्याय स्थापना गर्ने दिशामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *