`

राष्ट्रिय भलिबल प्रतियोगिताः नेपाल पुलिस क्लब सेमिफाइनलमा

Nepal One HD १६ पुष २०८२ १८:५६
खेलकुद

काठमाडौँ, १६ पुसः विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आज सम्पन्न समूह ‘बी’ को खेलमा पुलिसले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सेमिफाइनल खेलमा पुलिसले आर्मीसँगको भेट पक्का गरेको छ ।

पुलिसले मधेश प्रदेशलाई पहिलो सेट २५–३ ले पराजित ग¥यो भने खेलको दोस्रो सेट २५–८ तथा तेस्रो सेट २५–९ ले आफनो पक्षमा पा¥यो । जितसँगै समूह विजेता बनेको पुलिसले शतप्रतिशत नतिजा निकाल्दै आठ अङ्क पु¥याएको छ । समान ३ खेलबाट ७ अङ्क जोडेको एपीएफ उपविजेता बन्यो ।

पराजित मधेश भने प्रतियोगितामा जितविहीन रह्यो । सुदूरपश्चिम प्रदेशले ३ अंक हात पार्दै तेस्रो स्थानमा चित्त बुझायो । यता आर्मी भने समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *